logo
२०८१ मंसिर १२ बुधवार



भेरीको धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्त भुरचौर 

खुला |
समाज |


भेरीको धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्त भुरचौर 


 

सहदेव बस्नेत
जाजरकोट, असार २८ गते । भेरी नदीको धमिलो पानी गाग्रीमा बोकेर पिउनु पर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ति पाएका छन् । लिप्ट खानेपानी योजना सफल भएपछि भेरीको पानी गाग्रीमा बोकेर पिउने बाध्यताबाट भुरचौरबासीले मुक्ति पाएका हुन् ।
भेरी नगरपालिका–१० भुरचौरमा ढाई सय घरधुरी रहेको भुरचौरका बासिन्दाहरुले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर खाने गर्दथे । तीन सय मिटर भन्दा टाढो उकालो र भीरालो दुरी पार गरेर भेरी नदीको पानी गाग्रीमा बोकेर खाँदै आएका भुरचौर बासी यतिबेला लिप्ट खानेपानी योजनाको सफल परीक्षणपछि खुशीले गदगद भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर शाहीले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ६० लाख बजेटमा भेरी नदीको किनारबाट भुरचौरको टपमा खानेपानी पुर्याउन सफल भएको जानकारी दिनु भयो ।
‘भेरी नदीको किनारबाट १९४ मिटर उचाईमा सोलार र विद्युतबाट चल्ने मल्टि पम्पिङ्ग सेटबाट पानी चढाउन सफल भएका छौं’ अध्यक्ष शाहीले भन्नुभयो ‘६५ एमएमको जिआई पाईपमा ४०० लम्बाई दुरीमा प्रति सेकेण्ड ५ लिटर क्षमता भएको पानी पुर्याउन सफल भएका छौं ।’
बाह्रै महिना भेरी नदीबाट गाग्रीमा बोकेर खाने गरेको पानीबाट मानव स्वास्थ्यमा लाग्ने झाडापखाला, रुघाखोकी लगाएतका रोगबाट बच्नुको साथै भुरचौरबासीले पानी बोक्नका लागि खर्चिने समयलाई उत्पादनशिल अन्य काममा लगानी गर्ने अध्यक्ष शाहीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?