logo
२०८१ कार्तिक ५ सोमवार



झापाको भद्रपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

खुला |
प्रदेश |


झापाको भद्रपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु
तस्बिर लिला झापाली


लिला झापाली
बिर्तामोड, साउन १ गते । झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने एकजना घाईते भएका छन् । ट्राफिक प्रहरी कार्यालय भद्रपुका अनुसार घाईतेको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ज्ञानेचोकबाट वनियानीतर्फ गईरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ ह ६४१ नम्वरकोटेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा दिउसो साढे २ बजे भएको दुर्घटनामा परेर भद्रपुर–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुको मृत्यु भएको ट्रफिक प्रहरी कार्यालय भद्रपुरका ट्राफिक प्रहरी दिलीप राईले जानकारी दिनुभयो ।

छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।अर्का घाईते टेम्पोमा सवार सोहि ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्वुको उपचार भईरहेको छ । दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?