गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक भएको छ । सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम थियो ।