logo
२०८१ मंसिर १२ बुधवार



रेशम चौधरी कुनै पक्षमा हस्ताक्षर नगरी तटस्थ, आयोगबाट फिर्ता

खुला |


रेशम चौधरी कुनै पक्षमा हस्ताक्षर नगरी तटस्थ, आयोगबाट फिर्ता


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका आन्तरिक विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा कैलाली क्षेत्र नं। १ का निलम्बित सांसद रेशमलाल चौधरी तटस्थ बस्नुभएको छ । पाार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल पछि उहाँले दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बस्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आज सोमबार गरेको सो पार्टीको कार्यकारणी समिति सदस्यहरुको ‘हेड काउन्ट’का लागि सांसद चौधरी डिल्लीबजार कारागारबाट दिउँसो आयोग पुग्नुभएको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार पार्टीको आधिकारिकतबारे आयोगले आजै निर्णय सार्वजनिक गर्नेछ ।

आफू जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको र दुवै पक्षका अध्यक्ष आफ्नोलागि समान भएकाले कुनै पक्षमा हस्ताक्षर गर्न नसकेको सदस्य चौधरीले सञ्चारमाध्यमलाई जानकारी गराउनुभयो । कुनै एउटा पक्षमा लाग्नुभन्दा आफू जसपाको पक्षमा लागेको उहाँको भनाई छ । टीकापुर घटनाको मुद्दा सम्बोधनका बारेमा उहाँले दुवै अध्यक्षसँग आयोगमा छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । निलम्बित सांसद चौधरी आयोगबाट डिल्लीबजार कारागार फिर्ता भइसक्नुभएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?