logo
२०८१ माघ २० आईतवार



हिरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

खुला |


हिरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने
तस्बिर साभारः विकिमिडिया


ललितपुर, साउन १८ गते । पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हिरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो ।

शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताभ तथा बायाँ रहेको अमोधपास लोकेश्वर र अगाडि रहेको कुलदेवताको नयाँ छानो बनाइनाका साथै विहार पछाडि रहेको सङ्कटाको मन्दिरअर्थात् दिगी छेँमा समेत जमिन सतहबाट काठ ठड्याएर प्रबलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने भएको हिरण्यवर्ण महाविहार, विहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस विहारभित्रका धार्मिक छाना फेर्नका लागि गत बिहीबार क्षमा पूजा गरेका थियाैं ।” भारत सरकारको अनुदानमा नेपाल सरकारअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु. १८ करोड १६ लाख ७६ हजारमा सो विहारको माथिल्लो भाग तथा छाना नयाँ बनाउने धाख्वाले जानकारी गराउनुभयो ।

धार्मिक विश्वासअनुसार विहारभित्र रहेका अष्टधातु तथा सबै लक्षणले युक्त मुख्य आकर्षणका रुपमा रहेका शाक्यमुनि बुद्धका पूजा गर्ने मूल तथा सहायक पुजारीले प्राणीको हिंसा, चोरी, ब्यभिचार, झुटो, सुरपान, मध्यान्हपछि खाना नखाने, नित्य गायन तथा रसरङ्ग नगर्नाका साथै सुविधायुक्त पलङ्गमा समेत नसुती अष्टशीलको नियम पालन गर्नुपर्ने भएकाले १२ वर्ष उमेर समूहसम्मका बालकले बुद्धको सेवा गर्ने नियम रहेको बताइएको छ ।

बालकको मन स्वच्छ अनि सफा हुने भएकाले विहारभित्र रहनेले दिनमा एक पटक चोखो खाई पवित्र वस्त्र धारण गरी भिक्षु भएर सबैसँग इमानदार अनि मित्रवत् व्यवहार गरेर मर्यादामा बसी अष्टशीलको सिद्धान्त पालन गर्नेगरेका धाख्वाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?