logo
२०८१ बैशाख २३ आईतवार



उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, सङ्क्रमण रोक्न रणनीति बनाइने

खुला |


उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, सङ्क्रमण रोक्न रणनीति बनाइने


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १९ गते । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक केहीबेरमा बस्दै छ । कोरोनाको सङ्क्रमणदर पछिल्लो समय बढ्दै गएकोले आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

बैठक अहिले ४ बजे  बस्ने र कोरोना सङ्क्रमणको बारेमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर बैठकमा छलफल हुने उहाँले बताउनुभयो । जारी निषेधाज्ञा एक हप्तादेखि १० दिन थप हुन सक्ने उहाँले बताउनुभयो ।
जारी निषेधाज्ञामा भीडभाड रोक्न अनुगमन सँगै स्थानीय निकायको सहभागितामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी भएको उहाँले बताउनुभयो ।

साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा छलफल हुँने छ । साथै यस्तै अवस्थामा सङ्क्रमणको दर बढ्दै गएमा निषेधाज्ञा कडा बनाइने प्रजिअ निरौलाले बताउनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?