logo
२०८१ बैशाख १४ शुक्रवार



सीता एयरको विमानकाे टायर 'पन्चर्ड', दुर्घटना हुनबाट बच्याे

खुला |


सीता एयरको विमानकाे टायर 'पन्चर्ड', दुर्घटना हुनबाट बच्याे
जहाजलाई टायर पन्चर्ड भएको स्थानबाट घचेट्दै पार्किङस्थलसम्म लग्दै



राजन रावत

हुम्ला, साउन २७ गते । अहिले बेलुका सीता एयरको डोनियर जहाजको सिमकोट विमानस्थलमा टायर पन्चर्ड भएको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।
नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताउनुभयो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । विमानमा सवार चालक दलका सदस्यहरु सकुशल रहनुभएको छ । चालक दलका सदस्यहरु मात्र रहेको सीता एयरको नाईन.एन.एएचडी डोनिएर विमान रहेको छ । विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षेति नभएको विमानास्थलले जनाएको छ । उक्त जहाजलाई मानिस मिलेर टायर पन्चर्ड भएको स्थानबाट घचेट्दै पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?