logo
२०८१ बैशाख १५ शनिवार



चट्याङ लागेर दुई जनाको जनाको मृत्यु ,६ जना घाइते

खुला |


चट्याङ लागेर दुई जनाको जनाको मृत्यु ,६ जना घाइते


तिलाचन पाण्डे
तम्घास,साउन २८ गते । गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रतेलको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का ११ वर्षीय राहुल गन्धर्वको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
चट्याङ लागेर ४२ वर्षीय रामबहादुर गन्धर्व ,२४ वर्षीय रुपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ वर्षीय राधा खत्री, २३ वर्षीय गोमा खत्री र २४ वर्षीय शर्मिला खत्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये रामबहादुर रुपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतकहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टम गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?