logo
२०८१ माघ २० आईतवार



‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’  - प्रहरी महानिरीक्षक थापा

खुला |
प्रदेश |


‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’  - प्रहरी महानिरीक्षक थापा


  
इनरुवा, साउन २८ गते । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो ।    
    
सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षेत्रीको भनाइ छ । रु नौ करोड ३६ लाख ६७ हजार १२० मा कार्यालयसहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्षलगायत संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।    
    
कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पु¥याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?