logo
२०८१ बैशाख २० बिहीवार



वर्षाका कारण ग्रामीण सडकहरु अवरुद्ध

खुला |
प्रदेश |


वर्षाका कारण ग्रामीण सडकहरु अवरुद्ध



मनोज भट्टराई
ओखलढुंगा, साउन ३१ गते । ओखलढुंगाका मुख्य राजमार्ग र अधिकांश स्थानीय सडकहरु अवरुद्धबनेका छन् । शनिबार बेलुकादेखि परेको अविरल वर्षाका कारण कारण ठाउँठाउँमा पहिरो जाँदा जिल्लाका सडकहरु अवरुद्ध भएका हुन् ।
जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाको भडारे खोलामा आएको भलका कारण काठमाडौंवाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङ प्रवेश गर्ने तथा काठमाडौं जाने सवारी साधनहरु अवरुद्ध बनेका छन् । त्यस्तै जिल्लाको पश्चिमी क्षेत्रबाट ओखलढुङ्गा भित्रिने सवारी साधनहरु पनि सडकका ठाँउठाँउमा पहिरो खस्दा अवरुद्ध भएका छन् ।
भडारे खोलाको अवरुद्ध सडक सडक डिभिजन कार्यालयको समन्वयमा प्रहरीले दिउँसोबाट सुचारु गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
मोलुङबाट ओखलढुंगा भित्रिने सडकखण्डको पहिरे खोलामा भने सडके सूचारु हुन सकेको छैन । बाटो अबरुद्ध भएको बारेमा ढिलो सूचना आएकोले बाटो खुलाउनका लागि अहिले प्रहरीको टोली परिचालन गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।
यसैगरी, लगातार वर्षाका कारण जिल्लाको लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका, सुनकोसी गाउँपालिका, चिशंखुगढी गाउँपालिकाका विभिन्न स्थानहरुमा माटोको ढिस्को खस्दा सडकहरु अबरुद्ध भएका छन्, सडक अवरुद्ध भएपछि जिल्लामा एक वडाबाट अर्को वडामा पुग्न समेत पैदल हिँड्नु पर्ने वाध्यता भएको छ ।
मानेभञ्ज्याङ्ग गाउँपालिकाको भडारे खोलामा ग्ग्रन आएर अवरुद्ध सडक खुलाउने प्रयासमा गाउँपालिकाको डोजर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?