logo
२०८१ बैशाख २२ शनिवार



हुम्लामा कोरोनाबाट थप एकजनाको मृत्यु, अहिलेसम्म पाँचको मृत्यु

खुला |


हुम्लामा  कोरोनाबाट थप एकजनाको मृत्यु, अहिलेसम्म पाँचको मृत्यु



राजन रावत
हुम्ला भदौ २ गते । कारोना संक्रमणबाट हुम्लामा थप एक जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–३ का ४५ वर्षका एक जना पुरूषको मृत्यु भएको हो ।
जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले एक सातादेखि कोरोना संक्रमणदेखिएका उहाँको अस्पताल उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । मृतकलाई कोरोना संङ्क्रमणसँगै निमोनियाबाट पीडित हुँदा उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै हुम्लामा कोभिडका कारण मृत्यु हुने पाँच पुगेको र समुदायस्तरमा तीब्र रुपमा फैलिरहेको जिल्ला अस्पतालले जनाएको छ ।
लामो समय ग्रीनजोन रहेको हुम्ला जिल्लामा योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गत जेठ २० गते कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमा पहिलो पटक मृत्यु भएको थियो । कोरोनाबाट दोस्रो मृत्यु चंखेली गाउँपालिकामा पनि एक जना पुरुषको भएको थियो । त्यसैगरी ज्वरो आएर बिरामी भई मृत्यु पश्चात स्वास्थ्यकर्मीले कोरोना परीक्षण गर्दा जिल्लामा तेस्रो व्यक्तिको कोरोना पुष्टि भएको थियो । अब हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार जना पुरुष र एक जना महिला रहेका छन् । मृतक मध्ये तीन जनाको जटिल किसिमको कोरोनाको कारण मृत्यु भएको हो । दुई जनाको मृत्यु पश्चात कोरोना परीक्षण गर्दा कोरोना देखिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?