logo
२०८१ बैशाख १६ आईतवार

 पहिराे अपडेट–२   



पहिरोले पुरिएका चार जनाको शव प्राप्त

खुला |
प्रदेश |


पहिरोले पुरिएका चार जनाको शव प्राप्त



हेमनाथ खतिवडा
रसुवा, भदौ ३ गते ।
गएरातिको अविरल वर्षासँग पहिरोले नौकुण्ड गाउँपालिका वडा नं ५ कोलडाडाँमा एक घर पुरिँदा ३५ वर्षीय बुद्धिबहादुर गलानका परिवारका चारजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । चारजनाको लास प्राप्त गरी साँझ पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको छ ।
गलानका पत्नी ३२ वर्षीया कमला र ८ वर्षीया छोरी सुकमाया गलानको लास प्राप्त दिउँसो प्राप्त भएको बेपत्ता भएका ११ वर्षीया छोरी सोकिता र ७ वर्षीय छोरा आशिस गलानको लास दिउँसो प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । घटनास्थलमा बिहानदेखि अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाको विष्णुदल गण, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
पहिरोमा परेर घाइते भएका बुद्धिबहादुर गलान बेहोस अवस्थामा नुवाकोटस्थित त्रिशुली अस्पतालबाट उपचारका लागि काठमाडांै ट्रमा सेन्टर काठमाडौ पठाइएकोमा उनको छाती र टाउकोमा समस्या देखिएको र स्वास्थ्यमा सुधार आएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?