logo
२०८१ बैशाख २२ शनिवार



चार हजार मिटरकाे उचाईंमा रहेको महावुधाममा मेला

खुला |
प्रदेश |
पर्यटन |


चार हजार मिटरकाे उचाईंमा रहेको महावुधाममा मेला



कमल शर्मा
दैलेख, भदौ ५ गते । दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुन्द्र सतहदेखि चार हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा मेला लागेको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले मेलामा जान प्रतिवन्ध गर ेपनि महावुधाममा भने हजारांै मानिस मेला भर्न गएका छन् ।
जनैपूर्र्णिमाको अघिल्लो दिन लाग्ने मेलामा दर्शन गर्नका लागि दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला र नेपालगञ्जलगायतका जिल्ला र भारतमा बस्ने नेपाली समेत उक्त मेलामा आउने गरेका छन् । यो वर्ष जाजरकोट, दैलेख, कालिकोट, जुम्लाबाट भत्तजनहरु मेलामा आएको त्यहाँका पुजारीले बताएका छन् । आफूले बर मागेमा पूरा हुने र पाप गरेको भए नष्ट हुने धार्मिक जनविश्वासका कारण लाखौं भक्तजन शिव लिङ्गको दर्शन गर्न त्यहाँ पुग्ने गरेका छन् ।
चार हजार एक सय ४८ मिटर अग्लो सो लेकमा रहेको मन्दिरका पुजारी रामानन्द काफ्लेका अनुसार शिव लिङ्गको दर्शन गरेमा मनले मागेको कुरा पूरा हुने, सन्तान नभएकाहरुको सन्तान हुने, पाप नाश हुने धार्मिक विश्वास रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?