logo
२०८१ माघ १९ शनिवार



खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

खुला |


खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
सांकेतिक तस्बिर


राजविराज, भदौ ९ गते ।  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?