logo
२०८१ बैशाख १५ शनिवार

  सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना अपडेट  



बेपत्ता भनिएका दुईजना मृत फेला, ४० घाइते

खुला |


बेपत्ता भनिएका दुईजना मृत फेला, ४० घाइते


बिदुर आचार्य / चित्र मिजार
चौतारा, भदौ ९ गते । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौं जाादै गरेको अरनिको कोशिपारी यातायातको बा ३ ख ८०३० नम्वरको यात्रुबस दुर्घटनम भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा ललितपुर जिल्ला ठूलोदुलुङका ४० वर्षिय राजन वतन र अन्दाजी २२ वर्षका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
ठोकर्पाबाट काठमाडौंका लागि छुटेको बस बिहान सवा एघार बजे सुनकोशी गाउँपालिका ३ थापागाउँमा सडकबाट ४० फिट तल बस झरेको थियो । दुर्घटनामा परेका १९ जनाको सिन्धु सदाबहार अस्पताल खाडी चौरमा, २० जनाको धुलिखेल अस्पतालमा र एक जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओरालो मोडमा गाडीको ब्रेक नलागेर सडकबाट झरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सवारी चालक फरार छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?