logo
२०८१ बैशाख २२ शनिवार



दैलेखमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

खुला |
प्रदेश |


दैलेखमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु



कमल शर्मा
दैलेख, भदौ ९ गते । मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो १ बजे जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजारस्थित सुर्खेतदेखि अछाम तर्फ जाँदै गरेको भे १ ख ३४३८ नं. को मिनी ट्रकले पैदल यात्री आठबिस नगरपालिका–२ का कबि खनालको छोरा नौ वर्षीय यगेन्द्र खनाललाई ठक्कर दिएको हो ।

मिनी ट्रकको ठक्करबाट खनालको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले सवारी चालक आठबिस नगरपालिका–३ का २६ वर्षीय साजन शाही र मिनी ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?