logo
२०८१ बैशाख २२ शनिवार



संगीताकाे सुत्केरी गराउन हेलिकाेप्टरद्वारा सुर्खेतमा उडान

खुला |
प्रदेश |
समाज |


संगीताकाे सुत्केरी गराउन हेलिकाेप्टरद्वारा सुर्खेतमा उडान
सुत्केरी हुन नसक्दा हेलिकाेप्टरद्वारा सुर्खेतमा उपचारकाे लागि.. फाेटाे– प्रेमराज सिम्खडा


 

प्रेमराज सिम्खडा

कालीकाेट, भदाै ९ गते । कालीकाेटकाे रास्काेट नगरपालिका वडा ३ का एक महिला सुत्केरी हुन नसक्दा हेलिकाेप्टरद्वारा सुर्खेतमा उपचारकाे लागि लगिएकाे छ । मंगलबार सुत्केरी व्याथा लागेपछि सेराचाैर स्वास्थ्यचाैकीमा भर्ना गरिए पनि त्यहाँ सुत्केरी हुन नसक्दा रास्काेट अस्पताल रेफर गरिएकाे थियाे । रास्काेट अस्पतालमा समेत सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत सुर्खेत लगिएकाे हाे ।

पहिलाे गर्भकाे व्याथाले च्यापेपछि हेलिकाेप्टर बाेलाउनु परेकाे जिल्ला प्रशासन कार्यलय कालीकाेटले जनाएकाे छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले रास्काेटका उपप्रमुखले आफूलाई खबर गरेलगत्तै हेलिकाेप्टरकाे व्यवस्था गरेर महिलाकाे उध्दार गरिएकाे पुष्टि गर्नुभयाे । 

स्थानीय शिक्षक देवराज चाैलागाईंले पहिला पहुँचवालाहरूका लागि मात्र प्रयाेग हुँदै आएकाे हवाईसेवा अब गरीबका लागि पनि सरकारले सुविधा दिएकाे बताउनुभयाे । रास्काेटका उपप्रमुख मिम्सरा बम काठमाडाैंमै भएकाले पनि संगीताकाे छिटाे सेवा पाएका हुन् । कालीकाेटबाट प्रजिअकाे जाेड र काठमाडाैंमा उपप्रमुख भएकाले समन्वय गर्न सहज हुँदा समयमै सुर्खेतमा उडान गर्न पाइएकाे छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?