logo
२०८१ बैशाख २६ बुधवार



रातुको तटबन्ध भत्किँदा सयाैं घर डुवानमा

खुला |


रातुको तटबन्ध भत्किँदा सयाैं घर डुवानमा
रातु नदीको पानीले परौलमा रहेको सडकहरु हुँदै पानी बगिरहेका छन्


 

नगेन्द्रकुमार कर्ण
जलेश्वर, भदौ ११ गते । महोत्तरी जिल्लाको बलबा नगरपालिकामा रहेको रातो नदीको तटबन्ध तीन ठाउँमा भत्किदाँ सयौ घर डुवानमा परेका छन् ।
दुई दिनदेखि लगातार परेको वर्षाको कारणले जिल्लामा रहेको रातो, बिग्ही, अंकुसीलगायतका नदीहरु भरिभराउ छन् । बलवा नगरपालिकाको वडान ४ मा रहेको तिलगढमा रातो नदीको तटबन्ध तिन ठाउँमा भत्किँदा बाढी गाउँमा प्रवेश गरेको हो । बाढीले गर्दा तिलगढसहित पडौल, रौजालगायतका गाउँहरुका सयौ घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाढीको कारणले जलेश्वरबाट बजराही हुँदै बर्दिबाससम्म जाने सडक पूर्ण रुपले अवरुद्ध रहेका छन् । सो सडकबाट चारदेखि पाँचफिटसम्म पानी तरेर जानुुपर्ने वाध्यता रहेको छ ।
लगातार दुईदिनदेखि परेको पानी पर्ने क्रम अहिले रोकिएकाले बाढीको पानी घटे पनि त्रास अहिले कायम नै रहेको बताउनुहँुदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले प्रभावितहरुलाई बचाउ र राहतको कार्यक्रमहरु शुरु गरिएको बताउनुभयो ।
महोत्तरीमा तटबन्ध निर्माणको काम हरेक वर्ष हुने गरी पनि कमशल निर्माणले हरेक वर्ष तटबन्ध भत्किने गरेको युवा अमित पाण्डेयले बताउनुभयो । उहाँले वर्षभर चुप रहने स्थानीयहरु असारदेखि भदौसम्म बाढीबारे चर्चा गर्ने र त्यसपछि चुप लाग्ने प्रवृत्तिले बाढी जिल्लाको लागि नियति बनेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?