logo
२०८१ जेष्ठ ३ बिहीवार



दमौलीस्थित दुर्गा मन्दिरमा बेवारिसे शव फेला   

खुला |
प्रदेश |


दमौलीस्थित दुर्गा मन्दिरमा बेवारिसे शव फेला   


    


दमौली, भदौ १२ गते । तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।    
    
 अन्दाजी ३५÷३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ । “मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो ।    

    
 तनहुँका दुई स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनका लागि विद्यालय खुलाउने तयारी गरिएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले आइतबारदेखि प्रत्यक्ष उपस्थितिमा विद्यालय खुलाउने तयारी गरेका हुन् । त्यसका लागि दुवै स्थानीय तहले विद्यालयलाई परिपत्र गरेका छन् ।    
    
ऋषिङ गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ ।    
    
एक बेन्चमा बढीमा दुई विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी भएमा आवश्यकताअनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाइ सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।    
    
यसैगरी व्यास नगरपालिकाले पनि आइतबारदेखि नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ । नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले शुक्रबार सबै विद्यालयलाई परिपत्र गर्दै कार्यपालिकाको यही भदौ ८ गतेको निर्णयअनुसार पठनपाठनको निरन्तरता दिन विद्यालय सञ्चालन गर्न निर्देशन जारी गर्नुभएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?