logo
२०८१ जेष्ठ ३ बिहीवार



वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द - सब स्टेसन सञ्चालनका लागि केही दिन लाग्ने  

खुला |
प्रदेश |


वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द - सब स्टेसन सञ्चालनका लागि केही दिन लाग्ने  


  
नवलपरासी, भदौ १२ गते । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।    
    
वर्षा र डुबानका कारण सो सब स्टेसनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै सब स्टेसनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन् ।”    
    
सो शबस्टेशनबाट विद्युत् आपूर्ति बन्द भए पनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उहाँको भनाइ छ ।    
    
डुबानका कारण परासीस्थित शबस्टेशनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पु¥याएको छ । केन्द्रका अनुसार यस शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्ने छ । प्रमुख श्रीवास्तवले शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरु गरिने जानकारी दिनुभयो ।    
    
सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन् । तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको सब स्टेसनबाट विद्युत् आपूर्ति गरिएको हो । ससाना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठूला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।    
    
परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?