logo
२०८१ बैशाख २० बिहीवार



पहिरोले रामेछाप सामुदायिक आँखा केन्द्र पुरियो

खुला |
प्रदेश |


पहिरोले रामेछाप सामुदायिक आँखा केन्द्र पुरियो
पहिरोले पुरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापको भवन



नवराज श्रेष्ठ
रामेछाप, भदौ १३ गते । अविरल वर्षापछि खसेको पहिरोले जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापको भवन पुरिएको छ । जिल्ला सदरमुकाम मन्थलीमा तिलगंगा आँखा केन्द्रको सहयोगमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रको भवन पुरिएको हो । आइतबार दिउँसो आँखा केन्द्र माथिको पाखोबाट खसेको पहिरोले भवनको दुईवटा कोठ र शौचालय पुरेको रामेछाप सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता पुस्कल घिमिरेले बताउनुभयो ।
पहिरोले आँखा केन्द्रमा पूर्ण क्षति गरेको छ, रामेछाप सहयोगी मन नामक संस्थाबाट आएका स्वंयसेवकहरुको सहयोगमा आँखा केन्द्रमा रहेको सबै सामाग्रीहरु निकाल्न सफल भयौँे, उहाँले भन्नुभयो । पहिरो झर्ने क्रम जारी रहेकाले थप क्षति हुने त्रास बढेको आँखा केन्द्र सञ्चालनका लागि सहकार्य गर्ने तामाकोसी अस्पतालका सचिव हिमाल ढुङ्गेलले बताउनुभयो । २००१ सालमा तामाकोशी सहकारी अस्पताल रामेछापको ७५ प्रतिशत र तिलगंगा आँखा केन्द्रको १५ प्रतिशत लागत साझेदारीमा संचालनमा आएको आँखा केन्द्रबाट रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लाका नागरिकले सेवा लिँदै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?