logo
२०८१ मंसिर ९ आईतवार



पहिरोले घर पुरिएर एकको मृत्यु, तीन घाइते

खुला |
प्रदेश |


पहिरोले घर पुरिएर एकको मृत्यु, तीन घाइते



अर्जुन काफ्ले
स्याङ्जा, भदौ १३ गते । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका १ राम्दीमा एक जनाको निधन भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पहिरोले घर पुरिएर वालिङ् नगरपालिका १४ की ४० वर्षीय धनमाया उम्रको निधन भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
पहिरोले गुल्मी छत्रकोट ५ घर भई राम्दी बस्ने घरधनी ३७ वर्षीय लक्ष्मी बस्नेत, रुपन्देही शैसामैनाका वर्ष १६ का शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायण तिवारी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
पहिरोले घर पुरिएर गम्भीर घाइते भएका तीनै जनाको उपचारको लागि लुम्बिनी शिक्षण अस्पताल पाल्पा लगिएको अधिकारीले बताउनुभयो ।
पहिरोले दुई घर पुरे पनि दिपेन्द्र खत्रीको घर भने खाली रहेको अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?