logo
२०८१ जेष्ठ ३ बिहीवार



आगलागीमा दम्पतीको निधन

खुला |


आगलागीमा दम्पतीको निधन
सांकेतिक तस्बिर


बेलिना थापा
लमजुङ, भदौ १५ गते । लमजुङमा आगलागी हुँदा  दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ । राती १ बजेतिर एक्कासि धनसारमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनको श्रीमती पशुपति भण्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । उनीहरुको घटनास्थलमै निधन भएको कार्कीले बताउनुभयो । घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुनसक्ने कार्कीले बताउनुभएको छ । प्रहरीका अनुसार धनसार पूर्णरुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?