logo
२०८१ जेष्ठ ३ बिहीवार



अवरुद्ध सिद्धार्थ राजमार्गमा तीन दिनपछि सञ्चालनमा

खुला |
प्रदेश |


अवरुद्ध सिद्धार्थ राजमार्गमा तीन दिनपछि सञ्चालनमा
अवरुद्ध सिद्धार्थ राजमार्गमा तीन दिनपछि सञ्चालनमा, तस्बिर – रेखीराम राना



पाल्पा, भदौँ १५ गते । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्गमा सवारीसाधन सञ्चालनमा आउन थालेका छन् । पाल्पाको तानसेन–८, तल्लो डुम्रेमा खसेको पहिरो हटाएपछि तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको हो ।
तीन वटा घर समेत पुरिने गरी सडकमाथिबाट खसेको पहिरो हटाउन तीन दिन लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पहिरो ठूलो भएका कारण र वर्षा नरोकिँदा पहिरो हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसोदेखि पानी रोकिएकाले सडकको पहिरो हटाएर एकतर्फी सडक खुलाइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार सडकमा खसेको पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो भने सडकमा खसेको माटो तथा ढुङ्गा बोक्न ट्रिपर समेत प्रयोग गरिएको थियो ।
आइतबार विहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन गन्तव्यमा पुग्न सकेका थिएनन् भने हजारौँ यात्रुहरू बीच बाटैमा अलपत्र परेका थिए । सडक सुचारु भएपछि यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पानी परेको खण्डमा बाटो पुनः रोकिन सक्ने भएकाले सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन र पाल्पाबाट बुटवलतर्फ जाने सवारीसाधनको लामो लाइन कम हुने वित्तिकै पुन सडकमा खसेको पहिरो हटाउने काम हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?