logo
२०८१ बैशाख २० बिहीवार



तीस लाख रुपियाँसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

खुला |
प्रदेश |


तीस लाख रुपियाँसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट नगद ३० लाख सात हजार रुपियाँसहित आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहनुभएको छ ।

मीनप्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?