logo
२०८१ जेष्ठ ३ बिहीवार



गोरखापत्रकर्मी नहर्की पुरस्कृत

खुला |
प्रदेश |


गोरखापत्रकर्मी नहर्की पुरस्कृत
पत्रकार नहर्कीलाई सम्मान गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ र समाजका अध्यक्ष भिमराज गुरुङ



तनहुँ समाचारदाता
तनहुँ भदौ १५ गते । तनहुँ समाज हङ्गकङ्गले मङ्गलबार दमौलीमा गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरेको छ । समाजको २२ औं स्थापना दिवसको अवसरमा ‘‘तनहुँ समाज हङ्गकङ्ग युवा पत्रकारिता पुरस्कार’’बाट उहाँलाई सम्मान गरिएको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार नहर्कीलाई व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समाजले गत वर्ष अक्षयकोष स्थापना गरेर पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?