logo
२०८१ बैशाख १७ सोमवार



पेस्तोल र दुई वटा म्याग्जिनसहित दुईजना पक्राउ

खुला |
प्रदेश |


पेस्तोल र दुई वटा म्याग्जिनसहित दुईजना पक्राउ
पक्राउ परेका यादव र कुशवाहा



शिवशंङ्कर मिश्र
बारा, भदौ १५ गते । पेस्तोल र दुई वटा म्याजिनसहित बारामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ गंगानगर टोल बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र सोही ठाउँका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।

सुराकीले दिएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर ईलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो ४ बजे सिम्रौनगढ नगरपालिका–६ बिद्यायक होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

अमेरिकामा निर्मित ७७७७० अंक लेखिएको म्याग्जिन, पेस्तोल र एक्स्ट्रा म्याग्जिनसहित यादव र कुशवाहालाई पक्राउ गरी अनुसन्धानको प्रकृया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?