logo
२०८१ भाद्र २२ शनिवार

  देशमा अझै कति पानी पर्ला ?  



औषत वर्षाकाे ९९.१ प्रतिशत भयो, भारी वर्षाको सम्भावना टर्‍यो

खुला |


औषत वर्षाकाे ९९.१ प्रतिशत  भयो, भारी वर्षाको सम्भावना टर्‍यो


काठमाडौं, भदौ १६ गते । मनसुनी अवधिमा हुनुपर्ने वर्षामध्ये ९९.१ प्रतिशत बर्षा भई सकेकाले अव भारी वर्षाको सम्भावना टरेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुनी अवधि अझै एक महिना बाँकी रहेपनि औसतमा हुनुपर्ने वर्षाको भई सकेकाले ठूलो झरी पर्ने अवधि नभएको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

भारी बर्षाको अवधि लगभग सकिएको छ, अव देशका केही भागहरुमा सामान्य बर्षा मात्र हुने पौडेलले जानकारी दिनुभयो । मनसुन विष्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलका अनुसार मनसुनी अवधिभरी हुने औसत वर्षा १४०२.९ मिलिमिटर हो त्यस मध्ये मध्ये १३९०.२ मिलिमिटर अर्थात ९९.१ प्रतिशत बर्षा भइ सकेको जानकारी दिनुभयो ।

महाशाखाले बुधबारदेखि तीन दिनको मौसमपूर्वनुमान अनुसार प्रदेश १ का केही भागहरुमा सामान्य बर्षा हुने जनाएको छ । मंगलबार पोखरामा सबैभन्दा धेरै २३ मिलिमिटर पानी परेको थियो भने वीरेन्द्रनगर,धनकुटा, सिमरा र विराटनगर पानी परेन । शुक्रबारदेखि सोमबारसम्म धेरैभारी बर्षा अर्थात २०० मिलिमिटरसम्म पानी परेको थियो । बुधबारदेखि हल्का बर्षा अर्थात १० मिलिमिटरसम्म पूर्वी नेपालमा पानी पर्ने महाशाखाले जनाएको छ ।

यस वर्ष औसत भन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?