logo
२०८१ बैशाख १७ सोमवार



अछाममा जीप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

खुला |
प्रदेश |


अछाममा जीप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



शिवराज ढुंगाना
अछाम, भदौ १६ गते । मध्यपहाडीको लोकमार्गको मंगलसेन–विनायक सडक खण्डको ठूलासेनमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा बुधबार दुई जना युवा घाइते भएका छन् । मोटरसाइकलमा सवार कमलबजार नगरपालिका–६ का २४ वर्षीय उमेश शाही र २७ वर्षीय विरेन्द्र शाही घाइते भएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक बोहराले जानकारी दिनुभयो ।
खुट्टामा चोट लागेका दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको बताइएको छ । मंगलसेनबाट कमलबजार गइरहेको से १ ज ७८४ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा परेको मोटरसाइकल, जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?