logo
२०८१ जेष्ठ ३ बिहीवार



मेशिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

खुला |


मेशिनको फित्तामा बेरिएर मजदुरको मृत्यु



अमरराज नहर्की
तनहुँ, भदौ १६ गते । मेसिनको फित्तामा बेरिएर बुधबार तनहुँमा एक मजदुरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत २१ वर्षीय केशव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–९ निवासी चौधरी सो उद्योगमा काम गर्ने क्रममा फित्तामा बेरिदाँ बुधबार विहान ९ः४५ बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई पोष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?