logo
२०८१ बैशाख २० बिहीवार



गैँडाको आक्रमणबाट मृत्यु 

खुला |
प्रदेश |


गैँडाको आक्रमणबाट मृत्यु 


     
चितवन, भदौ १६ गते । पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।    
    
 गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः२५ बजे मृत्यु भएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?