logo
२०८१ जेष्ठ ३ बिहीवार



तनहुँमा गुडिरहेको बसमा आगलागी

खुला |
प्रदेश |


तनहुँमा गुडिरहेको बसमा आगलागी



अमरराज नहर्की
तनहुँ, भदौ १७ गते । पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ ।
दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसको व्याट्री सट भएर इन्जिनमा आगलागी भएको अनुमान प्रहरीको छ ।
प्रहरीका अनुसार बसमा आगलागी हुँदा एक छिन यात्रुहरुलाई समस्या भए पनि मानवीय क्षति भएको छैन ।  स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?