logo
२०८१ बैशाख २५ मंगलवार

  दृश्य समाचार  



अतिक्रमणकाे चपेटामा ग्रामथान

खुला |


अतिक्रमणकाे चपेटामा ग्रामथान


सचिन पाेखरेल

सुनसरी, भदाै १७ गते । सुनसरीका ६० प्रतिशत ग्रामथानहरु अतिक्रमणको चपेटामा परेका छन् । तराईका आदिवासीको रुपमा परिचित थारु समुदायको प्रमुख धार्मिकस्थल ग्रामथान सरकारी विकास र भूमाफियाहरुको अतिक्रमणमा परेका हुन् ।

अहिले सुनसरीका पाँच सयको हाराहारीमा ग्रामथानहरुको रहेको ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनुभयो । विशेषतः प्रदेश १ को सुनसरीसहित झापा, मोरङमा थारु समुदायको बाहुल्यता रहेको उहाँले जानकारी दिनुभयो । यी जिल्लाहरुका बढी मात्रामा ग्रामथान रहेको उहाँ बताउनुहुन्छ । तर संरक्षणको अभाव र सरकारले आवश्यक मात्रामा ध्यान नदिँदा ग्रामथान अतिक्रमणको चपेटामा परको उहाँको गुनासो छ ।

ग्रामथानसँगै नै जोडिएका गौचरण, पोखरी, पानी घट्टा र इनारहरु पनि मासिँदै गएका उहाँको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नै ‘स्थानीय स्तरमा रहेका ग्रामथान, पाटीपौवा, मठमन्दिर र स्थानीय स्तरका परम्परागत तथा धार्मीक तथा साँस्कृति स्थालहरुको संरक्षण स्थानीय सरकारले गर्ने’ भनेर स्पष्टरुपमा किटान गरिएको उहाँ बताउनुहुन्छ । तर, कानुनत प्राप्त गरको दायित्व नै स्थानीय सरकारले पुरा नगरेको उहाँको गुनासो छ । सुनसरीका अधिकांस पालिकाका जनप्रतिनिधि थारु समुदायकै भए पनि त्यसको प्रत्यक्ष लाभ थारु समुदायले नपाउनु दुःखद भएको उहाँको भनाइ छ ।

थारु समुदायलाई ग्रामथान जन्मेदेखि मृत्युपर्यन्तसम्म आवश्यक छ । यस समुदायले सुखमा होस् या दुःखमा जुनसुकै अवस्थामा पनि ग्रामथानमा पूजा पाठ गर्ने गर्दछन् । ग्रामथान लोप हुनुमा अतिक्रमण मात्रै एकल दोषी नरहेको अध्यक्ष चौधरीको तर्क छ । उहाँले ग्रामथानको महत्व र स्वामित्व पछिल्लो पुस्तामा हस्तान्तरण गर्न नसक्दा पनि यसको लोकप्रियतामा ह्रास आएको जानकारी दिनुभयो ।

उहाँको भनाइमा ऐक्यवद्धता जनाउँदै यस समुदायका पाकाहरु पनि ग्रामथान मासिनुले थारु समुदायलाई नै क्षति हुने बताउँछन् । अनियन्त्रीत रुपमा बढ्दै गाएको ग्रामथानको अतिक्रमण समयमै रोक्न नसके आगामी पुस्ताले ग्रामथान सस्तो थियो भनेर हेर्न समेत नपाउने उहाँको भनाइ छ । साथै, यसको संरक्षणमा सबैले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँहरुले स्थानीय सरकार ग्रामथानको संरक्षण र सम्वद्र्धन गर्ने संवैधानिक दायित्वबाट पन्छिने गरेको भने पनि जनप्रतिनिधिहरु सकेसम्म संरक्षण लागेको तर्क गर्छन् । ग्रामथानको क्षेत्राधिकार निक्र्योल गर्ने, जिर्ण भएकाको पुननिर्माण गर्ने र त्यसलाई संरक्षण गर्ने काममा आफूहरु लागिरहेको जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार चौधरी बताउनुहुन्छ । अहिले नगरका विभिन्न ठाउँमा रहेका ग्रामथानको जग्गा अधिग्रहण गर्ने गुनासो आएकाले आफूहरु त्यसको निरुपणमा लागेको उहाँले बताउनुभएको छ ।

ग्रामथानमा थारु समुदायले वर्षको दुईपटक विशेष पूजाआजा गर्ने गरेका छन् । यहाँ पूजा गर्नले कुल देवता खुशी हुने र दुःख हरण भएर जाने थारु समुदायाको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?