logo
२०८१ बैशाख २५ मंगलवार



मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठनवन्धनको माग

खुला |
प्रदेश |


मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठनवन्धनको माग


गाेकुल पराजुली
विराटनगर, भदौ १७ गते । प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्रीको नियुक्ति नै अवैध भएको भन्दै बदर गर्न माग गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा बसेको विपक्षमा रहेका पाँच राजनीतिक दलको बैठकले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति संविधान विपरित भएको भन्दै बदर गर्नुपर्ने निर्णय गरेका हुन् ।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभामा औपचारिकता पाउन्जेलसम्म सरकार दाबी गर्न हतार नगर्ने जनाएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, र संघीय लोकतान्त्रिक मन्च सम्मिलित गठबन्धनको संविधान विपरित गठन भएको सरकार अल्पमतमा परिसकेकोले महत्पूर्ण निर्णयहरु गर्न नहुने तर्फ सचेत गराउने निर्णय गरेको हो । सरकारले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरिरहेको भन्दै विपक्षी दलहरुले स्पष्ट अल्पमतमा परिसकेको सरकारले सरकार बिस्तार गर्नुभन्दा बहिर्गमन रोज्नु उपयुक्त हुने नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताउनुभयो ।
एमाले बिभाजन भैसकेको, निर्वाचन आयोगले सांसदलाइ दल रोज्न समय दिसकेको अवस्थामा विभाजित भइसकेका सांसदहरुलाई समेत देखाएर मुख्यमन्त्री नियुक्त गरिएकोले बदर गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।
नेता आचार्यले भदौ १० मा मुख्यमन्त्रीको नियुक्ति लिनुभएको थियो । एमाले विभाजनताका प्रदेशका सासदहरु समाजवादी दलमा खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको दाबी गर्दै आएको छ ।
गठबन्धन दलका नेताहरुका अनुसार समाजवादी दलका सासदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि भदौ २३ गतेपछि बैठक बसेर आगामी रणनीति बनाउने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । २३ गतेपछि पनि मुख्यमन्त्रीले राजीनामा नगरे प्रदेश प्रमुख समक्ष बहुमत दावी गर्दै निवेदन दिने, अविश्वासको प्रस्ताव बढाउने वा अरु विकल्पमा जाने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?