logo
२०८० चैत्र १६ शुक्रवार



जीप दुर्घटनामा एकको मृत्यु, दश घाइते, तीनजना गम्भीर

खुला |
प्रदेश |


जीप दुर्घटनामा एकको मृत्यु, दश घाइते, तीनजना गम्भीर


गणेश खनाल

अर्घाखाँची,भदौ १९ गते । काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्वरको हाइस (जीप्) सनिवार विहान दुर्घटना भएको छ । अर्घाखाँचीको सीतगंगा नगरपालिका वाडनम्वर ३ बरबोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि अन्दाजि २९ वर्षको एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । १० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो ।
घाइतेको ठाडा स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जनाइएको छ । घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगाबहादुर पन्थि, सनपा १ का श्यामबहादुर नेपाली, सनपा १२ का गोविन्द बस्याल, सप्तरी जिल्लाका रोहित कुमार शाह, भूनपा १ का लोक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।
दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेको अवस्था सामान्य रहेको जनाईएको छ ।
गम्भिर घाईते लोकबहादुर नेपाली र गोविन्द बस्याल दुईजनाको बुटवल रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?