logo
२०८१ बैशाख २२ शनिवार



दुर्घटनामा तीन जनाको मृत्यु  

खुला |
प्रदेश |


दुर्घटनामा तीन जनाको मृत्यु  



अविनाश चौधरी
धनगढी, भदौ १९ गते ।
कैलालीमा विङ्गर र अटो एक आपसमा ठोक्किदा अटोमा सवार तीन जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आउँदै गरेको से १ ह २५१० नम्बरको अटो शुक्रबार राति ११ बजे गौरीगङ्गा नगरपालिका–४ राजिपुरमा एक आपसमा ठोक्किएको हो । पूर्व–पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा परी अटोमा सवार घोडाघोडी नगरपालिका–९ का १९ वर्षीय जितेन चौधरी, २६ वर्षीय भिगम चौधरी र २४ वर्षीय युवराज चौधरीको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, सोही ठाउँमा २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षका अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी घाइते भएका छन् । चारै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटोमा चालकसहित एकै ठाउँका सात जना सवार थिए ।
दुर्घटनामा परी घाइते भएका अटोमा सवार सात जनालाई उपचारका लागि अस्पताल ल्याइएकोमा तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । घटनापछि विङ्गर चालक फरार भएका छन् । विङ्गरका सह–चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २४ वर्षीय धनु रावललाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?