logo
२०८१ बैशाख २२ शनिवार



नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

खुला |


नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु



अविनाश चौधरी
धनगढी, भदौ १९ गते । कैलालीको गोदावरी नगरपालिका–१ स्थित मनहरा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिकाकै १४ वर्षीय अयुग थापा र १० वर्षीय योगेन्द्र थापा  छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शुक्रबार दिउँसो मनहरा नदीमा नुहाउने क्रममा दुबै बालक डुबेर बेपत्ता भएका थिए ।
राति ११ बजे सशस्त्र प्रहरीको गोताखोरको टोलीले नदीबाट शव निकालेको जनाइएको छ । बेपत्ता बालकहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?