logo
२०८१ बैशाख २८ शुक्रवार



नख्खु कारागारमा कैदीबन्दीबीच झडप

खुला |
प्रदेश |


नख्खु कारागारमा कैदीबन्दीबीच झडप


 

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २० गते । ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ । कारागारभित्रका एक प्रहरी अधिकारीका अनुसार झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पार्न थप प्रहरी परिचालन गरिएको छ ।

उहाँका अनुसार कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हाे। कारागारभित्र आउने सामानको विषयमा कैदीबन्दीका नाइकेहरुबीच झडप भएको हो । झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो,“ सामानको विषयलाई लिएर कैदीबन्दीबीच झडप भएको खबर आएको छ, तर अहिले स्थिति नियन्त्रणमा  छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?