logo
२०८१ बैशाख १७ सोमवार



अछामका १२ जनप्रतिनिधिद्वारा नेकपा (एकीकृत समाजवादी)मा सनाखत

खुला |
प्रदेश |


अछामका १२ जनप्रतिनिधिद्वारा नेकपा (एकीकृत समाजवादी)मा सनाखत



शिवराज ढुंगाना
अछाम, भदौ २० गते । अछाममा हालसम्म १२ जना जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको छ । निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर एकीकृत समाजवादीमा जानेमा आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय अछाममा पुगेर साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गर्नुभएको हो । “हाम्रो कार्यालयमा अहिलेसम्म १२ जनाले समाजवादी पार्टीमा सनाखत गरेका छन् ।” निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले भन्नुभयो । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् ।
साँफेबगर नगरपालिकामा नेकपा (एमाले) बाट विजयी भएका आठवटै वडा अध्यक्ष भने मुल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् । अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा (एमाले) मै रहनुभएको छ ।
राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा (एमाले) बाट अछाम–२ (ख) निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामी नेकपा समाजवादी रोजिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?