logo
२०८१ बैशाख २५ मंगलवार



गाउँपालिका अध्यक्षसहित २० जना जनप्रतिनिधिले गरे एकिकृत समाजवादीमा सनाखत

खुला |
प्रदेश |


गाउँपालिका अध्यक्षसहित २० जना जनप्रतिनिधिले गरे एकिकृत समाजवादीमा सनाखत



शैलेन्द्र राेकाय
बझाङ भदौ २० गते । नेकपा एमालेबाट जननिर्वाचित भएका बझाङ जिल्लाको केही नेताहरुले माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पाटीमा आफूहरुको समर्थन रहेको भन्दै आईतबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीको नेतृत्वमा सोही गाउँपालिका उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष सहित २० जना जनप्रतिनिधीहरुले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको हो ।

गाउँपालिकाको कार्यालय रहेको देउराबाट मोटरसाईकल र जिपहरुको र्याली सहित सदरमुकाम चैनपुर आएका केदारस्युँ गाउँपालिकाका जनप्रनितिनिधिहरुले नारा जलुस सहित बजार परिक्रमा गरि जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गरेका थिए । सनाखत गर्नेहरुका गाउँपालिका अध्यक्ष भण्डारी उपाध्यक्ष निसा धामी , वडा अध्यक्षहरु गणेश बोहरा, चक्र बिक, बिरबहादुर खाती र कासीराम धामीलगायत अन्य पालीका तथा वडा सदस्यहरु रहेका छन् । नौ वटा वडाहरु रहेको केदारस्युँ गाउँपालिकामा ३ वटा वडामा काँगे्रस , एउटा वडामा माओबादी र पाँच वटा वडामा एमालेले बिजयी भए पनि अहिले भने एक जना मात्र एमालेमा रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गतिविधिका कारण केन्द्रमा वरिष्ठ नेता माधब नेपालको नेतृत्वमा नयाँ पाटी दर्ता गरेपछि हामी पनि केपी ओलीको अहंकारका विरुद्व नयाँ पार्टीमा उभिएको केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले बताउनुभयो । भदौ २२ गते भित्र अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले पनि खनाखत गर्ने बताउँदै उहाँले भन्नुभयो , “जिल्ला भित्र नेकपा एमाले भन्दा नेकपा एकिकृत समाजवाद पार्टी बलियो हुने छ ।

आफ्नो दलबल सहित सदरमुकाम चैनपुरमा आईसकेपछि निर्वाचन कार्यालयमा भण्डारीको सातमा नेकपा एमामलेका जिल्ला अध्यक्ष दिलबहादुर सिंह , शिक्षक संगठनका अध्यक्ष हरिप्रसाद जोशी लगायतका जिल्लास्थित नेता कार्यकर्ताहरुको पनि साथ र समर्थन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?