logo
२०८१ बैशाख २० बिहीवार

  संखुवासभा हत्याकाण्ड अपडेट  



शव घरदेखि खोला किनारसम्म, दुई छोरा वैदेशिक रोजगारीमा

खुला |


शव घरदेखि खोला किनारसम्म, दुई छोरा वैदेशिक रोजगारीमा


ध्यान कुलुङ

खाँदबारी, भदौ २१ गते । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।
गएराती स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्या भएकाहरुको विभिन्न स्थानमा शव फेला परेको छ ।
मृतक तेज बहादुर वर्ष ५८ को घर नजिकै रोडको भित्तामा, उनकी आमा पार्वती वर्ष ८० को घरैमा, श्रीमती मनमाया वर्ष ५६ र बुहारी रञ्जना वर्ष २८ को खोला किनारमा, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को घर माथि खरबारीमा शव भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।
तेजबहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएका छन् ।घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?