logo
२०८१ बैशाख २० बिहीवार

  मादीमा छ जनाको हत्या अपडेट  



रड प्रहारबाट हत्या भएको आशङ्का, शव धरान पठाइयो

खुला |
प्रदेश |


रड प्रहारबाट हत्या भएको आशङ्का, शव धरान पठाइयो


दिब्य राई
खाँदबारी, भदौ २२ गते । सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा हत्या भएको छ जनाको शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । सोमबार राती स्थानीय बौदमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।

मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरी हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले  जानकारी दिनुभयो । ८५ वर्षीय बौदमान कार्की सकुसल रहेको डिएसपी सुवेदीकाे भनाइ छ । बौदमान कार्कीलाइ उक्त घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ । उनी कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने रहेका छन् ।

उक्त घटना अनुसन्धानको लागि अहिले सङघीय प्रहरी एकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धन गरिरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर खटाइएको छ । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको निरीक्षक योगराज खतिवडाले बताउनुभयो ।
मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षीय पार्वता कार्की घरमा मृत अवस्थामा भेटिएको त्यस्तै छोरा ५२ वर्षीय तेज बहादुर कार्की घर छेउको रोडको भित्तामा, बुहारी ५२ वर्षीय कमला कार्की र जेठी बुहारी ३२ वर्षिय रञ्जना कार्की घर छेउको खोल्सामा, नाती ११ वर्षीय दिपेन कार्की घर भन्दा अलिक पर खर बारीमा र ७ वर्षीय नातिनी गोमा कार्की बारीमा मृत अवस्थामा फेला परेको थियो ।

उक्त रहस्मय घटना कसरी भयो भन्ने अनुसन्धानका लागि घटना अनुसन्धान टिममा प्रदेश प्रहरीको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज राइले जानकारी दिनुभयो । उहाँका अनुसार फरेन्सिक विज्ञको टोली घटनास्थल तर्फ पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा भएको छरकिमेकीले थाहा नपाएको जनाइएको छ ।

 

 

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?