logo
२०८१ बैशाख २० बिहीवार



झापामा शिवसताक्षी ७ का वडाअध्यक्ष इजम सहित सात जनाले रोजे एकीकृत समाजवादी

खुला |
प्रदेश |


झापामा शिवसताक्षी ७ का वडाअध्यक्ष इजम सहित सात जनाले रोजे एकीकृत समाजवादी
 नेकपा एकीकृत समाजवादीमा सनाखत गर्दै वडाअध्यक्ष नविन इजम सहित


लीला झापाली
बिर्तामोड, भदौ २२ गते । झापा जिल्लामा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहि  सात जनाले समाजवादी रोजेका छन ।
मंगलबार दल रोज्ने अन्तिम दिनमा आएर नेकपा एमालेका ७ जनाले समाजवादी रोजेको निर्वाचन आयोग झापाका सूचना अधिकारी प्रेम न्यौपानेले बताउनुभयो ।
समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्ड नम्बर ७ का वडाअध्यक्ष नविन इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहनुभएको जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी प्रेम न्यौपानेले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेका ५०८ जना जनप्रतिनिधि रहेका छन । एमालेबाट संघीय सांसदमा ५ जना प्रत्यक्ष निर्वाचित पवित्रा निरौला, एलपिसाँबा लिम्बु र केपी शर्मा ओली र समानुपातिकमा विमला विश्वकर्मा र कुमारी मेचे प्रदेश सांसदमा एकजना समानुपातिक सहित ९ जनामा कोही पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छैनन । यता जसपाका भने कोही पनि जनप्रतिनिधि झापामा नरहेको निर्वाचन कार्यालयका सुचना अधिकारी न्यौपानेले बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?