logo
२०८१ बैशाख २० बिहीवार



सुनसरीमा एमालेका छ जनप्रतिनिधिद्धारा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत

खुला |
प्रदेश |


सुनसरीमा एमालेका छ जनप्रतिनिधिद्धारा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत
इनरुवा नगरपालिका ६ का वडा सदस्य नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएपनि नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत



जयकृष्ण यादव

इनरुवा, भदौ २२ गते । सुनसरीनमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ । सनाखत गर्नेहरुमा बराहक्षेत्र नगरपालिकाको दुई जना वडा सदस्य, इटहरी उपमहानगरपालिकाका एक जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य, धरान उपमहानगरालिकाका एक जना वडा सदस्य र इनरुवा नगरपालिकाका एक जना वडा सदस्य रहेका छन् । भदौ २० गते चार जना, भदौ २१ गते एक जना र भदौ २२ गते एक जना गरी छ जनाले आफै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उपस्थित भएर सनाखत गरेको निर्वाचन अधिकारी कृष्ण पौडेलले जनाकारी दिनुभयो । वहाँले सनाखत गराएर खामबन्दी निर्वाचन आयोगमा विवरण पढाउने बताउनुभयो । यहाँका गाउँपालिकाका कार्यपालिका सदस्य, प्रमुख, उपप्रमुख र अध्यक्ष , उपाध्यक्ष कोही पनि नगाएको एमालेले जनाएको छ । निर्वाचन अधिकारी पौडेलले छ जना नै नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको हो । मंगलबारसम्म ६ जना जनप्रतिनिधिले सनाखत गर्नुभएको निर्वाचन अधिकारी पौडेलले जानकारी दिनुभयो।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?