logo
२०८१ बैशाख ८ शनिवार



जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ

खुला |
प्रदेश |


जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ


छवि पाण्डे ।
बुटवल, भदौ २३ गते । लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिनुभएको छ ।
प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल पार्टीको निर्णय विपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि जनता समाजबादी पार्टीले उहाँलाई कारबाही गरेर पदमुक्त गरेको थियो ।
पार्टीले पाण्डेलाई कारवाही गरेपछि रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट जसपाको सिफारिसमा निर्वाचन आयोगले निर्मलालाई निर्वाचित गरेको थियो ।
जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो ।
मुडभरी निर्वाचित भएसँगै लुम्बिनी प्रदेशमा जसपाका ४ सांसद पुगेका छन् ।
अहिले लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, राष्ट्रिय जनमोर्चाको एक र स्वतन्त्र राजनीतिक समूहबाट १ जना गरी ८१ जना सांसद कायम रहेका छन् ।
बुधवार सभामुख पूर्णवहादुर घर्तीले जसपा सांसद निर्मलालाई सपथ गराउनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?