logo
२०८० चैत्र १५ बिहीवार



एक सातापछि मध्यपहाडी लोकमार्ग सञ्चालन

खुला |
प्रदेश |


एक सातापछि मध्यपहाडी लोकमार्ग सञ्चालन



नवीन शिशिर विक
बागलुङ, भदौ २५ गते । पहिरोको कारण विगत एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पोखरा खण्ड सुचारु भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा पहिरोसँगै खसेको विशाल ढुङ्गालाई नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ प्रयोग गरी फुटाए पछि सडक नियमित सञ्चालनमा आएको हो ।
भदौ १८ गते गएको पहिरोले कुश्मा बजारको खरेया गेटदेखि पाताीचौरसम्मको आठ किलो मिटर सडक अन्तर्गत २० ठाउँमा क्षतविच्छेद गरेको थियो । पहिरोले दोविल्ला क्षेत्रको एक सय मिटर सडक बगाएको हुँदा उक्त क्षेत्रमा पनि एकतर्फि सवारी सञ्चालन हुने गरी सडक खुलाएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।
एक सातादेखि सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । सडक सञ्चालनमा आए पछि दैनिक उपभोग्य सामाग्री आयत, निर्यात नियमित हुनेछ ।
साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव भएको छ । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसके पछि मुल्यवृद्धि भएको छ । सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यन्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यान्न स्टक छ’ उहाँले भन्नुभयो–‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’
आयोजना कार्यालयले नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुङ्गालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने काम गरेको छ । अन्य क्षेत्रको पहिरो सफा भैसकेको छ ।
पहिरोले इन्टरनेटको फाइवार तार पुरेपछि धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । समय समयमा फोनमा समेत समस्या आउने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?