logo
२०८१ बैशाख २४ सोमवार



चीनसँगको सीमा अध्ययन समितिकाे टाेली हुम्ला पुग्याे

खुला |
प्रदेश |


चीनसँगको सीमा अध्ययन समितिकाे टाेली हुम्ला पुग्याे


राजन रावत

हुम्ला, भदौ २६ गते । उत्तरी क्षेत्रका हुम्ला खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली हुम्ला आइपुगेको छ । सरकारले दिएको जिम्मेवारी पूरा गर्न टोली सीमा स्तम्भको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली हुम्ला आइपुगेको हो ।
सीमा अध्ययन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव आचार्यका अनुसार टोली आज नेपालगंजबाट सिमकोट आइपुगेको बताउनुभयो । उहाँले सिमकोट आइपुगेको र आजै समितिले हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने बताउनुभयो । टोली आज सिमकोटमै बस्नेछ । भदौ २७ गते बिहानका लागि लाप्चातर्फ समिति लाग्नेछ ।
केही दिन अघि सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन टोली गठन गरेको थियो । सरकारले तीन सदस्यीय टोली गठन गरे पनि उहाँको टोलीमा सात जना सदस्यहरु रहेको बताउनुभयो । समितिका सदस्यहरुमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहनुभएको छ । जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ । भदौ २७ गते टोली लाप्चातर्फ लाग्नेछ । समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?