logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाबाट भेरी अस्पतालमा पश्चिम रुकुम र दाङका दुई जनाको मृत्यु

खुला |
प्रदेश |


कोरोनाबाट भेरी अस्पतालमा पश्चिम रुकुम र दाङका दुई जनाको मृत्यु



सिराज खान
नेपालगञ्ज, भदौ २६ गते । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका रुकुम पश्चिम र दाङका दुई जनाको भेरी अस्पतालमा उपचारकै क्रममा गत राति मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाफिकोट गाउँपालिका–९ रुकुम पश्चिमका ५५ वर्षीय पुरुष र लमही नगरपालिका–५ दाङका ६५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले रुकुम पश्चिमका ५५ वर्षीय पुरुषलाई भदौ २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो बताउनुभयो । उहाँको अवस्था बिग्रँदै गएपछि गएराति ८ बजे मृत्यु भएको ओलीले बताउनुभयो ।
फोकल पर्सन ओलीका अनुसार सोही प्रकारले दाङ लमहीका महिलालाई भदौ ७ गते कोभिड पुष्टि भएकोले उहाँलाई भेरी अस्पतालमा उपचारका लागि भदौ १९ गते भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको पनि गत राति साढे ११ बजे मृत्यु भएको थियो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि बाँकेमा आएका मध्ये ४०८ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
संक्रमितको शव व्यवस्थापन गर्दै सेनाको टोली ।
तस्विर ः सिराज खान । नेपालगञ्ज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?