logo
२०८१ जेष्ठ ४ शुक्रवार

  मादी हत्याकाण्ड फलाेअप  



अभियुक्तको भाइ संलग्न भएको आशङ्का, बुहारीको मोबाइल साथमा पाइयो

खुला |
प्रदेश |


अभियुक्तको भाइ संलग्न भएको आशङ्का, बुहारीको मोबाइल साथमा पाइयो


ध्यान कुलुङ
सङ्खुवासभा, भदौ ३१ गते । मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइमाथि पनि अनुसन्धान थालेकाे छ  । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाइल बरामद भएपछि उनीमाथि अनुसन्धान भइरहेकाे बताइएकाे छ ।
अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको सङ्घीय प्रहरी एकाइ धरानका एसपी भीम दाहालले जानकारी दिनुभयो । निजलाई प्रहरीले शंकाकाे घेरामा राखेर घरकाे थप खानतलासी र साेधपुछ भइरहेको एसपी दाहालले बताउनुभयो ।
बरामद भएको मोबाइल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको उहाँले बताउनुभयो ।
मादी नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते सोमबार बिहान एकै परिवारको छ जनाको हत्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?