logo
२०८० चैत्र १५ बिहीवार



करेन्ट लागेर चार भैँसी मरे

खुला |
प्रदेश |


करेन्ट लागेर चार भैँसी मरे


कपिलवस्तु समाचारदाता
कपिलवस्तु, असोज १ गते । कपिलवस्तुको बुद्धभुमि ३ दुवियामा शुक्रवार विद्युतको तार चुँडिएर करेन्ट लाग्दा ४ भैँसी मरेका छन् । बिद्युत प्राधिकरणको दुवियामा रहेको सवस्टेशनले चँुडिएको तार मर्मत नगर्दा स्थानीयले चराउन लगेकामध्ये चार भैँसी करेन्ट लागी मरेको बुद्धभुमी ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।

करेन्ट लाग्दा स्थानीय खडानन्द गैरे, विष्णुमाया खनाल, सुवास गैरे र पिताम्वर बेल्वासेको भैँसी मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरिक्षक लिलामणी आचार्यले बताउनुभयो । आज बिहान अन्दाजी १० बजे यात्रुबाहक बसले तार छोएपछि चुँडिएर तार जमिनमा खसेको थियो । स्थानीयले इमिलीया फ्युज सेवा केन्द्रका कर्मचारी विष्णु केसीलाई तार चुँडिएको जानकारी गराएका थिए । केसीले चुँडिएको तार लठ्ठीले पन्छाउन सुझाव दिनुभएको स्थानीय धर्मराज गैरैले बताउनुभयो ।

घटनास्थलदेखि सवस्टेशनको दुरी चार किलो मिटर टाढा भएपनि तार मर्मत नहुँदा भैसीलाई करेन्ट लागेको थियो । ४२ भैँसीमध्ये चार भैँसी बिद्युत तारमा छोइए पछि करेन्ट लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?